२०८३ असार १ गते , सोमबार

सेफ्टिक ट्याङकी भत्किएर दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ६ गते , आईतबार
सेफ्टिक ट्याङकी भत्किएर दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। ट्वाइलेटको ट्याङ्की भत्किएर खाँदबारी-४ सेकाहाका ३३ वर्षीय ताराबीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए।

प्रहरी निरीक्षक राईका अनुसार सेफ्टिक ट्याङ्की भत्किएर गम्भीर घाइते भएका ३३ वर्षीय गुरुङ र २५ वर्षीया राईको जिल्ला अस्पताल संखुवासभामा आइतबार साँझ साढे ७ बजे उपचार क्रममा मृत्यु भएको हो।

ट्वाइलेटको सेफ्टिक ट्याङ्की भत्किएर गुरुङ र राई गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरी जिल्ला अस्पताल ल्याएका थिए। निर्माणको क्रममा ट्याङ्की भत्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थाहाखबरबाट

सम्बन्धित समाचार