नेपाल-भारत मैत्री सङ्घद्वारा भद्रपुरका ४५ विपन्न परिवारलाई खाद्यान्न सामग्री
भद्रपुर । नेपाल-भारत मैत्री सङ्घ झापाले भद्रपुरका ४५ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरेको छ । सङ्घले कोरोनाबाट उत्पन्न समस्याले रोजगारी गुमाएका भद्रपुर नगरपालिका १० नम्बर वडाका ४५ परिवारलाई राहत वितरण गरेको हो ।
नेपाल भारत मैत्री सङ्घका केन्द्रीय अध्यक्ष ओम प्रकाश सरावगीको प्रमुख आतिथ्य र मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा लगभग ७० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका प्रदेश १ अध्यक्ष टिकाराज ढकाल, पूर्व सांसद पुष्पराज पोख्रेल, चन्द्रगढी खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी ,केन्द्रीय प्रतिनिधि पवन श्रेष्ठ, राजकुमार पोखरेल, गोविन्द कोइराला, जिल्ला सदस्य प्रदीप सरावगी, केन्द्रीय सदस्य ज्योति न्यौपाने लगायतले राहत सामान हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका सचिव गणेश पोखरेलले गरेका थिए ।