२०८३ असार ७ गते , आईतबार
बिर्तामोडमा चट्याङले लागेर दुईवटा गाई मरे
झापाको बिर्तामोडमा वर्षासँगै परेको चट्याङले लागेर दुईवटा गाई मरेका छन् । गएराति परेको चट्याङले बिर्तामोड नगरपालिका – १० कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी २ लाख मूल्यको दुईवटा गाई मरेका हुन् । ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा ब्याउने गाई चट्याङले हानेर मरेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।