२०८३ असार ४ गते , विहीबार

अनलाइन सट्टाबाजीमा संलग्न झापाका दुई जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा

sajilo news
झापा
२०८३ असार ४ गते , विहीबार
अनलाइन सट्टाबाजीमा संलग्न झापाका दुई जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा

अनलाइन सट्टाबाजीमा संलग्न झापाका दुई जनामाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत बैशाख २७ गते साँझ बिर्तामोडबाट अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका दुई जनामाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दर्ता गरिएको हो । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्।

गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनामाथि अनलाइन बेटिङ मुद्दाबाट सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार