२०८३ असार ७ गते , आईतबार

तीन दिन भारी बर्षा हुने, राती यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

sajilo news
झापा
२०८३ बैशाख १५ गते , मंगलबार
तीन दिन भारी बर्षा हुने, राती यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग आज र भोली केही प्रदेशमा भारी वर्षा हुने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

दुई दिन सातै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेकोले विभागको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। 

मौसमविद् उज्वल उपाध्यायका अनुसार विशेषगरी गण्डकी क्षेत्रमा अपरान्ह मध्यमदेखि भारी वर्षा हुनेछ। काठमाडौं उपत्यका लगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र अलि राती ठूलो वर्षा हुने उनले पूर्वानुमान गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। यसले पूर्वी क्षेत्रको प्राय सबै भू-भागमा वर्षा गराउनेछ।

आजबाट पर्न थालेको बर्षा बुधबार र बिहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशुली-कालीगण्डकीसम्म बेला-बेलामा वर्षा भइरहने देखिन्छ। उनले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग सँगै सिद्धार्थ, पासाङ-ल्हामू, बीपी राजमार्गहरुमा मंगलबार, बुधबार र बिहीबार रातीको समयमा सकेसम्म यात्रा नगर्न सुझाव दिएका छन्।

सम्बन्धित समाचार