२०८३ असार ७ गते , आईतबार

कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल

sajilo news
एजेन्सी
२०८१ असार ११ गते , मंगलबार
कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल

कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ। सोफि स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकियो।  बराबरीसँगै ग्रुप डीमा रहेको ब्राजिल अंक बाँड्न बाध्य भयो। 

अधिकांश समय कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले भने गोल गर्न सकेन। ७४ प्रतिशत बल पोजिसनमा राखेको ब्राजिलका स्टाइकर नेइमार बिनै मैदानमा उत्रिएको थियो। यही समूहमा आज बिहान भएको खेलमा पाराग्वेलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतियोगिता अन्तरगत भोलि बिहान पेरु र क्यानडा तथा चिली र अर्जेन्टिना आमनेसामने हुनेछन्। 

सम्बन्धित समाचार