२०८३ असार ७ गते , आईतबार

बर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्ध, दुबै टिमलाई १/१ अंक बाँडियो

sajilo news
झापा
२०८१ जेष्ठ ३० गते , बुधबार
बर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्ध, दुबै टिमलाई १/१ अंक बाँडियो

आईसीसी पुरुष टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्ध भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा बर्षा भएपछि खेल रद्ध भएको हो । 

नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजेदेखि सुरु हुने भएपनि लगातारको बर्षाले टस नभई खेल रद्ध गरिएको हो। बर्षाले खेल रद्द भएसँगै दुबै टिमलाई १/१ अंक बाँडिएको छ।

बर्षाका कारण टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग नेपाल पहिलो पटक आमनेसामने हुनबाट चुकेको छ। योसँगै श्रीलंकामाथि विजयी हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि धक्का लागेको छ। योसँगै समूह डीबाट दक्षिण अफ्रिका सुपर आठमा पुग्ने सुनिश्चित भएको छ। नेपालले आगामी दुई खेल नै जितेको खण्डमा मात्र सुपर आठमा पुग्ने छ।

आईसीसी टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाको कारण रोकिएको यो दोस्रो खेल हो। यस अगाडि समूह बी मा स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल रद्द भएको थियो । अन्य २३ मध्ये २१ खेलको नतिजा आएको छ।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। यता श्रीलंकाको दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले  पराजित भएको थियो।

सम्बन्धित समाचार