२०८३ असार ११ गते , विहीबार
पोल्यान्डमा एक झापाली युवकको मृत्यु
पोल्यान्डमा एक झापाली युवकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका ३ स्थित राजगढ घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा पोल्यान्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।
पोल्यान्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले खुलाएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तयारी भइरहेको जनाएको छ। उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने एनआरएनए पोल्यान्डले जनाएको छ ।