२०८३ असार ११ गते , विहीबार

आज तीन प्रदेशमा भारी वर्षा

sajilo news
झापा
२०७९ श्रावण २५ गते , बुधबार
आज तीन प्रदेशमा भारी वर्षा

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका एक्दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ती भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन्यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.५ डिग्री र अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस छ।

सम्बन्धित समाचार