२०८३ असार ११ गते , विहीबार

बिर्तामोड–भद्रपुर सडक खण्डको धौला पुलबाट झरेर मोटरसाइकल चालक घाइते

sajilo news
झापा
२०७९ श्रावण २५ गते , बुधबार
बिर्तामोड–भद्रपुर सडक खण्डको धौला पुलबाट झरेर मोटरसाइकल चालक घाइते

बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गतको धौला पुलबाट झरेर एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । हिजो साँझ ७:५० बजे बिर्तामोड ३ स्थित धौला पुलमा भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई खोलामा झरी दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका २ इरौंटार बस्ने अन्दाजी वर्ष २२ का विकास लिम्बू घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र अवस्था तत्काल बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी बिर्ता बजारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार