२०८३ असार ११ गते , विहीबार
रतुवामाई वृक्षारोपणबाट तस्करी गरी ल्याएको अवैध काठ बरामद
झापाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाबाट चोरी तस्करी गरी ल्याएको काठ बरामद गरिएको छ । मङ्गलवार दिउँसो ३: १० बजे अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाबाट खटिएको टोलीले शिवसताक्षी नगरपालिका १० निवासी बिरु मगरको घरबाट टिक जातको गोलिया १० थान ५८.०७ क्यु फिट लुकाई राखेको अवस्थामा फेला पारेको हो । उक्त काठ बरामद गरी आवश्यक कारबाहीको लागि रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।