२०८३ असार ११ गते , विहीबार
पानीमा डुबेर एक जनाको मृत्यु
सुनसरीको रामधुनि- ३ स्थित दतकिच खोलाको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पौने १२ बजे स्थानीय ३२ वर्षीय मग्न साहु खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबेर बेहोस भएको थियो । उनलाई अस्थायी प्रहरी पोस्ट झुम्काबाट खटिएका प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।