२०८३ असार ११ गते , विहीबार

तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण २२ गते , आईतबार
तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर शनिबार राति विराटनगरमा एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लागेर विराटनगर महानगरपालिका–८ का ३० वर्षीय राजु मुखियाको मृत्यु भएको हो । 
आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा राति ९ बजेतिर करेन्ट लागेर मुखिया घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । 

सम्बन्धित समाचार