२०८३ असार ११ गते , विहीबार

मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस : रक्तदान र हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

sajilo news
रेवतीराज घिमिरे
२०७९ श्रावण १५ गते , आईतबार
मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस : रक्तदान र हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

भद्रपुर । भद्रपुरमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरको वृहत् रक्तदानसहित अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  

नेपाल निजामती कर्मचारी सङ्गठन तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगितामा सहभागी २१ वटा कार्यालयमध्येबाट प्रथम बाह्रदशी गाउँपालिका, द्वितीय जिल्ला हुलाक कार्यालय, तृतीया भूमिसुधार तथा मालपोत कार्यालय र सान्त्वना कनकाई नगरपालिकालाई क्रमशः नगद १५ हजार, १२ हजार, ९ हजार र ६ हजार रुपैयाँ र प्रमाणपत्र दिएर पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद वसन्त बानिया, सङ्गठनका अध्यक्ष केदार पोखरेल, सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले विजेता कर्मचारीहरूलाई पुरस्कार प्रदान गरेका थिए । 

त्यस्तै कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित ४३ जनाले रक्तदान गरेका थिए ।  सोही अवसरमा सङ्गठनले स्थापना दिवसको अवसरमा प्रदान गरिने स्व. प्रमोद तामाङ स्मृति अक्षयकोषबाट वितरण गरिने उत्कृष्ट राष्ट्र सेवक र सुशासन पत्रकारिता पुरस्कार गर्ने व्यक्तिको नाम सार्वजनिक गरेको छ ।  यस वर्ष सुशासन पत्रकारिता पुरस्कार दमकका पत्रकार गोपाल झापाली, उत्कृष्ट राष्ट्र सेवक कर्मचारीहरू दामोदर घिमिरे र बोजप्रसाद दुलाललाई प्रदान गर्ने घोषणा गरेको छ ।  सङ्गठनका अध्यक्ष पोखरेलको अध्यक्षता तथा सङ्गठन सहसचिव इन्द्रहरि भट्टराईले सञ्चालन गरेको कार्यक्रममा  स्वागत सहकारी संस्थाका अध्यक्ष अधिकारीले राखेका थिए 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद बानिया, सङ्गठन प्रदे  १ का इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईँ, साजन अधिकारी लगायतले मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार