२०८३ असार ११ गते , विहीबार

खोटाङ केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
खोटाङ केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प

खोटाङ केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र  काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।​ साथै पूर्वी भारत दार्जिलिङ, सिक्किममा पनि महशुस गरिएको थियो ।

खोटाङ केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का उपत्यका आपसपासका स्थानीयवासीले समेत महसुस गरेको बताएका छन् । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो। 

सम्बन्धित समाचार