२०८३ असार ११ गते , विहीबार

मेचीनगरकी रुवी पासवान बेपत्ता 

sajilo news
झापा
२०७९ असार २८ गते , मंगलबार
मेचीनगरकी रुवी पासवान बेपत्ता 

मेचीनगर–१० धुलाबारी प्रणामी टोल माइती घरमा बस्दै आएकी रुवी पासवान सोमबार दिउँसोदेखि बेपत्ता भएकी छिन् । विल्टु पासवानकी छोरी रुवी घरमा कोही नभएको अवस्थामा एकाएक हराएकी हुन् ।

रुविले सात वर्ष अघि भारतका एक युवासँग बिहे गरेकी थिइन् । बिहे गरेको केही वर्षपछि परिवारसँग खटपट भएपछि धुलाबारी माइती घरमा बस्दै आएकी थिइन् । रुवीको ६ वर्षका छोरा पनि छन् । छोरा पनि साथमा लिएर माइती घरमा रहेकी रुवी कता गइन् अत्तोपत्तो छैन । छोरी कता गइन् केही थाहा नभएको बुवा विल्टु पासवानले बताए ।

बुवा विल्टुले छोरी एकाएक हराएपछि खोजिदिन प्रहरीसँग गुहार मागेका छन् । रुवीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समाजसेवी प्रकाश खड्काले बताए । २७ वर्षीया रुवी हराएपछि खोजीका लागि सबैसँग सहयोगको अपिल गरिएको समाजसेवी खड्काले बताए ।

सम्बन्धित समाचार