२०८३ असार १० गते , बुधबार

भारतीय दूतावासभित्र गोली चल्यो, आफैंलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

sajilo news
काठमाडौं
२०७९ असार २० गते , सोमबार
भारतीय दूतावासभित्र गोली चल्यो, आफैंलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

नेपालस्थित भारतीय दूतावासमा सोमबार गोली चलेको छ। दूतावासका सुुरक्षामा खटिएका एक व्यक्तिले आफैंलाई गोली हानेका प्रहरीले जनाकारी दिएको छ। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षका दीपक सिंह रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार विहान साढे ९ बजेतिर गोली हानेका सिंहको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान पछि मात्रै थाहा हुने जनाइएको छ।

सम्बन्धित समाचार