२०८३ असार ९ गते , मंगलबार

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 

sajilo news
झापा
२०७९ असार १८ गते , शनिबार
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 

सुनसरीको इटहरी उपमहानगरपालिका- १२ चौकीमोडस्थित कोसी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरी उपमहानगरपालिका १२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालु प्रसाद विश्वास रहेका छन् ।
शुक्रबार बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका साईकल यात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको थियो ।
मोटरसाइकल चालक काठमाडौँ नागार्जुन नगरपालिका ८ बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार सङ्खुवासभा शभापोखरी गाउँपालिका ६  बस्ने २५ बर्षीया शिखा लिम्बु समेत घाइते भई खनार स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार