२०८३ असार ९ गते , मंगलबार
झापामा मृत अवस्थामा भेटिए हात्ती
झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित आयाबारीमा एउटा हात्ती मृत अवस्थामा भेटिएको छ । स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण खुलिसकेको छैन । हाल मृत हात्तीलाई स्थानीय, डिभिजन वन कार्यालयका कर्मचारी र वन रक्षकले सुरक्षा घेरामा राखेका छन्।
हात्ती मर्नुको कारण विज्ञ आएर अध्ययन गरेपछि मात्र थाहा हुने डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए । दाह्रा हेर्दा सो हात्ती किशोर अवस्थाको हुनसक्छ । साङ्केतिक तस्बिर