२०८३ असार ९ गते , मंगलबार

रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा ईश्वर अधिकारी

sajilo news
झापा
२०७९ असार १७ गते , शुक्रबार
रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा ईश्वर अधिकारी

पत्रकारिता र सामाजिक गतिविधिमा सक्रिय युवा ईश्वर अधिकारी रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अधिकारी सन् २०२२/२३ को अध्यक्षमा चयन भएका हुन् ।

एक वर्षे कार्यकाल हुने रोटरीको नेतृत्व लिएका अधिकारी नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व कोषाध्यक्ष, खोज पत्रकारिता मञ्च चन्द्रगढीका संस्थापक अध्यक्षलगायत जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी हाल नागरिक एफएम भद्रपुरको कार्यक्रम निर्देशक तथा आँखा डटकमका सम्पादक समेत हुन् ।

सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । भद्रपुर रोटरीको अन्य पदमा क्रमशः सचिवमा पवनकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनीमा विनोद चापागाईँ, ज्वाइन्ट सेक्रेटरीमा उज्ज्वल श्रेष्ठ, ट्रेजररमा किशोर पराजुली, क्लब डाइरेक्टरमा कविन राई, मेम्बर सीप डाइरेक्टरमा राजकुमार पोखरेल, पब्लिक रिलेसन डाइरेक्टरमा नितेश वर्मा, रोटरी फाउन्डेसन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्र्समा प्रज्वल राई, क्लब टे«नरमा आदित्य पराजुली, क्लब मेन्टरमा दीपेश ढकाल, आइटी अफिसरमा नीरज पराजुली, यूथ सर्भिसमा भेषराज ढकाल, सोसियल मिडिया तथा क्लब बुलेटिनमा प्रदीप सरावगी र वेभ मास्टरमा लोकबन्धु ढुङ्गाना चयन भएका छन्।

सम्बन्धित समाचार