२०८३ असार ९ गते , मंगलबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा सहकारी कर्मचारीको मृत्यु 

sajilo news
झापा
२०७९ असार १६ गते , विहीबार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा सहकारी कर्मचारीको मृत्यु 

झापाको दमकमा दुर्घटनामा परी एक जना सहकारी कर्मचारीको मृत्यु भएको छ । दमकस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दीपक नेपालको ट्रकको ठक्करबाट मृत्यु भएको हो । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल ४ चुलाचुली मोडमा गए राति ११ २० बजे ट्रकको ठक्करबाट घाइते दमक ९ का अन्दाजी ३६ वर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरीत दिशामा रहेको प्र १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार