२०८३ असार ९ गते , मंगलबार

झापासहित प्रदेश १ मा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

sajilo news
झापा
२०७९ असार १४ गते , मंगलबार
झापासहित प्रदेश १ मा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

झापा लगायत प्रदेश १ मा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो । त्यस्तै आज प्रदेश १का पूर्वि पडाडी जिल्ला लगायत सुनसरी, मोरङ लगायतका जिल्लाहरूमा भारी बर्षा भइरहेको छ ।

सम्बन्धित समाचार