२०८३ असार ९ गते , मंगलबार

भद्रपुर मारवाडी युवा मञ्चद्धारा वृक्षारोपण 

sajilo news
झापा
२०७९ असार १२ गते , आईतबार
भद्रपुर मारवाडी युवा मञ्चद्धारा वृक्षारोपण 

भद्रपुर । भद्रपुर मारवाडी युवा मञ्चले वृक्षारोपण गरेको छ  । मञ्चले आइतबार एक संक्षिप्त कार्यक्रम गरी भद्रपुर ६ स्थित भद्रपुर मारवाडी सङ्घको परिसरभित्र वृक्षारोपण गरेका हुन् । मञ्चका अध्यक्ष दीपक अग्रवालको अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय मारवाडी युवा सङ्गठनका संस्थापक महासचिव फुलकुमार लालवानी र मारवाडी सङ्घका नगर अध्यक्ष अजय साहेवालाले अशोक जातका बिरुवा रोपेका हुन् । परिसरमा १२ वटा बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष  मोहित शर्माले जानकारी दिए ।

सो कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य हेमन्त सुराना, मञ्चका कोषाध्यक्ष सुमित धारेवा, सचिव नवीन अग्रवाल, सदस्य रजत धारेवा लगायतको उपस्थिति रहेको थियो । विराटनगर घर भएका लालवानी नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत भएकोले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र भद्रपुर जेसीजका पदाधिकारीहरूसँग पनि भेटघाट गरेका थिए । 

सम्बन्धित समाचार