२०८३ असार ९ गते , मंगलबार

पोखरीमा डुबेर दुई बालकको मृत्यु 

sajilo news
झापा
२०७९ असार ११ गते , शनिबार
पोखरीमा डुबेर दुई बालकको मृत्यु 

धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एन्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकोमा अस्पतालले उनीहरूलाई मृत घोषित गरेको थियो । उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णिम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए । सन्देश भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पौडी खेल्न पोखरी छिरेका साथीहरू बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमान्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो ।

 

सम्बन्धित समाचार