भद्रपुरमा बेरुजु रकम फर्छ्यौट नगर्नेको विवरण सार्वजनिक गर्ने नगरपालिकाको निर्णय
भद्रपुर । भद्रपुर नगरपालिकाले बेरुजु रकम फर्छ्यौट नगर्नेको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पहिलो अधिवेशनबाट पारित भएका निर्णयहरुमध्ये
वित्तीय सुशासन कायम गर्न महालेखा परीक्षकको कार्यालयबाट भएको आर्थिक वर्षको अन्तिम लेखा परिक्षण प्रतिवेदनले औँल्याएका जम्मा बेरुजू रु ७ करोड २८ लाख ८९ हजार ४ सय १९ रुपैयाँ मध्ये नियमित गर्नुपर्ने बेरुजू रु ४ करोड २२ लाख ९८० रुपैयाँ तत्कालीन लेखा समितिको प्रतिवेदन अनुसार कार्यपालिकाको मिति २०७८-१२-२० गतेको निर्णय बमोजिम आगामी महालेखा परीक्षकको डोर समक्ष फर्छ्यौट गर्नका लागि पेस गर्ने निर्णय गरियो ।
साथै फर्छ्यौट हुन बाँकी रहने नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने, प्रमाण पेस गर्नुपर्ने तथा पेस्की लगायतका बेरुजू फर्छ्यौट गर्न सम्बन्धित पक्षलाई सूचित गर्ने र तोकिएको समयमा तोकिएको बेरुजू फर्छ्यौट नगर्नेको विवरण सार्वजनिक गर्ने निर्णयमा उल्लेख छ ।