२०८३ असार ९ गते , मंगलबार

पशुपतिनगर र काँकडभिट्टा नाका सिल, भद्रपुर खुला

sajilo news
झापा
२०७९ असार ११ गते , शनिबार
पशुपतिनगर र काँकडभिट्टा नाका सिल, भद्रपुर खुला

नेपाल–भारत सीमा लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकडभिट्टा नाका आइतबारदेखि सिल गरिएको छ ।

भद्रपुर नाका भन्ने खुला छ । बङ्गाल र बिहारको सीमा जोडिएको भद्रपुर नाकाको चेकपोस्ट विहारमा रहेकोले सो नाका खुला रहेको भारतीय एसएसबीले जनाएको छ । सिल गरिएका नाका सोमबार बिहान ६ बजे खोलिनेछ । विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने प्रजिअ रिजालको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडीसहित आसपासका पालिकाहरू समेत समेत जिटिएको चुनाव हुँदैछ । 

सम्बन्धित समाचार