२०८३ असार ९ गते , मंगलबार
झापाको कमलमा सिटी रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु
झापाको कमल गाउँपालिका ६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार ११ बजे मे १ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टँदा सिटीमा सवार रहेका मोरङ उर्लाबारी नगरपालिका- ८ का ३२ वर्षीय डिल्लीराम घोर्साने घाइते भएका थिए । घाइते घोर्सानेलाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसक्दा घर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० लीला बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।