२०८३ असार ७ गते , आईतबार

निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

sajilo news
पत्रपत्रिका
२०७९ बैशाख २६ गते , सोमबार
निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।  तर,  आचारसंहिताको  उक्त  व्यवस्थालाई  बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा (यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।
आचारसंहिताको उक्त व्यवस्थालाई  बेवास्ता  गरेर  बालबालिकाको  अत्यधिक  प्रयोग  गर्नेमा  नेकपा  (एकीकृत  समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा  छन् । निर्वाचन  आयोगका  आयुक्त  रामप्रसाद  भण्डारीले  वस्तुगत  रूपमा  प्रमाण  पुग्यो  र  आचारसंहिताविपरीत  बालबालिकाको  प्रयोग  भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे । आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको संयोजक छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार