२०८३ असार ७ गते , आईतबार
पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
सुनसरी । पानी जमेको खाल्डोमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा गाउँपालिका- ३ की निलम कुमारी रामकी एक वर्षीया छोरी सुस्मिता कुमारी राम रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार दिउँसो २ बजे घर नजिकैको पानी जमेको खाल्डोमा बालिका डुबेको अवस्थामा परिवारजनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।