२०८३ असार ७ गते , आईतबार

इलाममा बस दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १० गते , मंगलबार
इलाममा बस दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

इलाम । मेची राजमार्गको इलाममा यात्रु वाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका- ७ का ३५ वर्षीय प्रदीप कुसुवाह रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार  

बारा जिल्लाबाट इलाम घुम्न गएका ४४ जना सवार ना ४ ख ६२४८ नम्बरको बस सोमबार राती ९ बजे इलाम नगरपालिका- १० मा अनियन्त्रित भई सडकको नालीमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम फाल्ने क्रममा बसले च्यापिएर कुसुवाहको घटनास्थलमै मृत्यु भयो । यता घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको र अन्य सामान्य घाइते तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार