२०८३ असार ७ गते , आईतबार

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार