२०८३ असार ७ गते , आईतबार
पत्रकार वीरेन्द्र न्यौपानेलाई पितृ शोक
भद्रपुर । प्रेस क्लब भद्रपुरका सदस्य, पत्रकार वीरेन्द्र न्यौपानेलाई पितृ शोक परेको छ । भद्रपुर नगरपालिका- ९ स्थित देवकोटा चोक निवासी उनका बुवा विश्वनाथ न्यौपानेको आइतबार ६२ वर्षको उमेरमा घरमै निधन भएको हो । दम रोगले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । उनकी श्रीमती चित्रा, दुई छोरा वीरेन्द्र, सुरेन्द्र र छोरीहरू कमला र विमला रहेका छन् । उनको आइतबार नै स्थानीय देउनियाँ नदीमा दाहसंस्कार गरिएको छ ।