२०८३ असार ७ गते , आईतबार

प्रजातन्त्र दिवस : झापा कारागारबाट १५ कैदीबन्दी रिहा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
प्रजातन्त्र दिवस : झापा कारागारबाट १५ कैदीबन्दी रिहा

झापा  । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा झापा कारागार भद्रपुरबाट विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् ।

कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहामा परी उनीहरु छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्तव्य ज्यानमा पाँच, डाका मुद्दाका चार, सवारी ज्यानमा एक र बहुविवाहमा पाँच जना रिहा भएका हुन् । बाइस वर्ष उमेर समूहदेखि ६६ वर्षसम्म उमेर भएका कैदीबन्दी छुटेका छन् ।

सम्बन्धित समाचार