२०८३ असार ७ गते , आईतबार
एमसिसीको विरोधमा भोलि भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन
झापा । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा भोलि ९आइतबार० झापाको सदरमुकाम भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गर्न लागिएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको सचिवालयको आज बसेको आकस्मिक बैठकले एमसिसीको विरोधमा भोलि भद्रपुरको दुई स्थानबाट मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए ।
भद्रपुर वडा नम्बर १, २, ३ ले हिमाली चोकबाट दिउँसो १ बजे र वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० ले भद्रपुर भन्सार अगाडीबाट दिउँसो डेढ बजे मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको उनले बताए । त्यहाँबाट सुरु भएको मोटरसाइकल र्याली भद्रपुरस्थित ट्रेड युनियन चोक ९विद्युत् प्राधिकरण अगाडी० कोणसभामा परिणत हुने जनाएको छ ।