२०८३ असार ७ गते , आईतबार

हनुमान टोल विकास संस्थाद्वारा दुई जना सम्मानित

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
हनुमान टोल विकास संस्थाद्वारा दुई जना सम्मानित
भद्रपुर । भद्रपुर- १० स्थित हनुमान टोल विकास संस्थाको दोस्रो साधारण सभाको अवसर पारेर टोलका दुई जना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा टोलका ज्येष्ठ नागरिक कौशिला बराल र हीरादेवी सुवेदीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउत, संस्थाका सल्लाहकार संयोजक देवीचरण भण्डारी, त्रिवेणी टोल विकासका अध्यक्ष मुक्तिनाथ दाहाल, सिद्धार्थ टोल विकासका हरि किशोर आचार्य, आदर्श टोल विकासका विष्णुप्रसाद काफ्ले, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका सचिव बाबुराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको वार्षिक प्रगति विवरण अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार