२०८३ असार ७ गते , आईतबार

रुख र भीरबाट लडेर दुई महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
रुख र भीरबाट लडेर दुई महिलाको मृत्यु
झापा ।  रुख र भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–६ मा आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर सोही ठाउँका ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको छ ।
रुखबाट लडेर घाइते भएकी बुद्धमायाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।
त्यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ४ स्थित भीरबाट लडेर  मोलुङ ४ घले गाउँकी ३८ वर्षीया मिना सुनुवारको मृत्यु भएको छ । शुक्रबार अपराह्न पौने ४ बजे गुठी पाताल जङ्गलबाट घाँस काटेर घर फर्कँदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन्। प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा लगिएको थियो। उनको उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार