२०८३ असार ७ गते , आईतबार

भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी अमित सिंहको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ६ गते , शुक्रबार
भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी अमित सिंहको मृत्यु

भद्रपुर । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका भद्रपुर नगरपालिका-७ निवासी ३८ वर्षीय अमित सिंहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर ८ स्थित भानु प्रावि अगाडि फागुन ३ गते बेलुका ८ बजेर २० मिनेटमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २५ प ४७५१ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि पैदल यात्री भद्रपुर- ६ निवासी ७० वर्षीय  इन्द्र लिवाङ लिम्बु र मोटरसाइकल चालक सिंह गम्भीर घाइते भएका थिए । दुवै जनाको टाउको चोट लागेपछि तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चालक सिंहलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको र उनको उपचारको क्रममा सोही अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार