२०८३ असार ७ गते , आईतबार

देशभर ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाहा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ६ गते , शुक्रबार
देशभर ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाहा

झापा । सरकारले ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्‍ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार