२०८३ असार ७ गते , आईतबार

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ४ गते , बुधबार
टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । बालुवा- गिट्टी बोकेको स १ क १९० नम्बरको टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका – ७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।टिपरको ब्रेक फेल भइ भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका – ७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार