२०८३ असार ७ गते , आईतबार

माई खोलामा डुबेर एक बालिकाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ३ गते , मंगलबार
माई खोलामा डुबेर एक बालिकाको मृत्यु
इलाम ।  माई खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम जिल्ला माईजोगमाई गाउँपालिका ४ का दीपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकी छिन ।
सोमबार बेलुकी ४ बजे इलामको माईजोगमाई गाउँपालिका- ४ स्थित माई खोलामा माछा मार्ने क्रममा पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

सम्बन्धित समाचार