२०८३ असार ७ गते , आईतबार

भुटानी शरणार्थी शिविरमा आगलागी, ३ वटा टहरा जलेर खरानी

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २ गते , सोमबार
भुटानी शरणार्थी शिविरमा आगलागी, ३ वटा टहरा जलेर खरानी
मोरङ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा ९ लाख बढीको सामान जलेर नष्ट भएको छ । सो स्थानमा रहेका ३ वटा परिवारको टहरा र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।

ए १ हट नं–१९ का तिलक राईको पुरानो तीनवटा टहरामा राखिएको महत्त्वपूर्ण कागजातबाहेक अन्य अत्यावश्यक खाद्यान्न , लुगाफाटा , भाँडाकुँडा, मोबाइल –३ थान , साईकल–२ थान , सिलिन्डर ग्यास–२ थान ,३ तोलाको गरगहना र बन्दै गरेको कङ्क्रिट घरको लागि जोहो गरिराखेको ४ लाख बढी नगद लगायत जलेर नष्ट भएको पीडित परिवारका छोरा अर्जुन राईले बताए ।
सोमबार दिउँसो ३ः३० बजेतिर बङ्गुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगो सल्किएको पीडित परिवारले जनाएको छ ।

सम्बन्धित समाचार