२०८३ असार ७ गते , आईतबार
आगोले जलेर एक महिलाको मृत्यु
धनकुटा । धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा उनको शरीरमा आगो सल्कँदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यता घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।