२०८३ असार ७ गते , आईतबार

२७ औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा भद्रपुरमा दीप प्रज्वलन

sajilo news
पार्थ मण्डल
२०७८ माघ २९ गते , शनिबार
२७ औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा भद्रपुरमा दीप प्रज्वलन
भद्रपुर । २७ औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा शनिवार भद्रपुरको झापा चोकमा दीप प्रज्वलन गरिएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर समितिले जनयुद्ध दिवसको अवसरमा भद्रपुरमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य डिल्ली घिमिरे (हिक्मत), भद्रपुर नगर इन्चार्ज नरेश सन्जेल, नगर अध्यक्ष शिवकुमार राज भण्डारी लगायतको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्रले सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

सम्बन्धित समाचार