२०८३ असार ७ गते , आईतबार

पाँचथरको यासोक बजारमा आगलागी

sajilo news
पार्थ मण्डल
२०७८ माघ २९ गते , शनिबार
पाँचथरको यासोक बजारमा आगलागी
फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा आगलागी भएको छ । शनिवार साँझ ७ः४५ बजे यासोक बजारमा झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो । उक्त घरसँगै अन्य घरहरू रहे पनि नजिकै पक्की घर रहेकाले आगो फैलन नपाएको तर फैलन खतरा रहेको स्थानीय सञ्चारकर्मी मदन थापाले जानकारी दिए ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागीबाट खाना पकाउने ग्याँस सिलिन्डर विस्फोट भएको र हावा चलेकाले आगलागी नियन्त्रण हुन नसकेको उनले जानकारी दिए । आगलागी कसरी सुरु भयो भन्ने यकिन नभएको स्थानीयवासीले जनाएका छन् ।

सम्बन्धित समाचार