२०८३ असार ७ गते , आईतबार

झापामा म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
झापामा म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड–६ बुट्टाबारीमा बुधबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बर म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदैं गरेको प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा– ११ का ५४ वर्षीय दिलिप राजवंशी र पछाडी सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

गम्भीर घाइते मोटरसाइकल चालक दिलिपको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

सम्बन्धित समाचार