२०८३ असार ७ गते , आईतबार

साहित्य चौतारीद्वारा संस्थापक सल्लाहकार र विजेता प्रतिभालाई सम्मान

sajilo news
पार्थ मण्डल
२०७८ माघ २५ गते , मंगलबार
साहित्य चौतारीद्वारा संस्थापक सल्लाहकार र विजेता प्रतिभालाई सम्मान
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा पर्यटन प्रवर्द्धनमा साहित्य कला सङ्गीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमको तयारी गरिएको छ । होटेल हिकोला हेरिटेज काँकडभिट्टाको वार्षिकोत्सवको अवसर पारेर आगामी माघ २९ गते उक्त कार्यक्रम गरिने भएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
 कार्यक्रममा साहित्यकार विनोद खनालले पर्यटन प्रवर्द्धनमा साहित्य कला सङ्गीत र संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै सोही कार्यक्रममा सारेगमप लिटल च्याम्पस्की विजेता कृपा पौडेल, उपविजेता रोषा फुयाँल, दभ्वाइस अफ किड्स नेपालका विजेता जेनिस उप्रेती, उपविजेता अनुजा कडरियालाई सम्मान गरिनुका साथै उनीहरूको प्रस्तुति समेत रहने साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारले बताए ।
सोही कार्यक्रममा साहित्य चौतारीका  संस्थापक सल्लाहकार  अग्रज साहित्यकार सरोज ओली र साहित्यकार तथा शिक्षा सेवी लोकनाथ पौडेललाई विशिष्ट सम्मान समेत प्रदान गरिने  उनले बताए ।
त्यस्तै साहित्य चौतारीका पाँचौँ. वार्षिकोत्सवका प्रमुख अतिथि वरिष्ठ गायक तथा सङ्गीतकार कुमार सुब्बा र वरिष्ठ गायिका लता मंगलेस्करको स्मृतिमा श्रद्धाञ्जली सभा समेत गरिने उनले बताए ।
त्यस्तै आगामी चैत महिनाको पहिलो शुक्रवारदेखि मासिक काव्य सभा गरिने बताइएको छ ।
 साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संरक्षितका उर्मिला विमली श्रेष्ठ , उपाध्यक्ष कृष्ण सुवेदी निराकार, दीपक रायमाझी, वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, सल्लाहकार राजेन्द्र सङ्ग्रौला, कृष्ण पौडेल, भवानी क्षेत्री, विनोद खनाल, कोषाध्यक्ष भवानी गौतम , चित्रा कोइराला, मणि वर्देवा, युवराज पोर्तेल, सहसचिव देवीचरण भण्डारी, सुनिता तामाङ, जीवन जगदिस खनाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी महासचिव खगिन्द्रा खुसीले गरेकी थिइन् । 

सम्बन्धित समाचार