२०८३ असार ७ गते , आईतबार
रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीनजनाको मृत्यु
झापा । रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। मृत्यु हुनेमा बुटवल –१२ का २७ वर्षीय सविन थारु, २८ वर्षका गोविन्द चौधरी र चालक ३० वर्षीय नविन श्रेष्ठ रहेका इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बुटवल –१२ कै आशिस जिसी र भागिरथ चौधरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। थाहाखबरबाट