२०८३ असार ७ गते , आईतबार

झापाबाट काठमाडौ जाँदै गरेको बस र ट्रक ठोक्किदाँ तीन जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २१ गते , शुक्रबार
झापाबाट काठमाडौ जाँदै गरेको बस र ट्रक ठोक्किदाँ तीन जनाको मृत्यु

झापा ।  झापाबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस र सिमेन्ट बोकेको मालबहाक ट्रक एक आपसमा ठोक्किदाँ सुनसरीमा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीकोलौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस र ट्रकएक आपसमा ठोक्किदाँ बसका चालक सहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साँझ साढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टा बाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्रि बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

आफू घटनास्थलमै रहेको र ट्रक र बस एक आपसमा जुध्दा आगो लागेको उनले जानकारी दिए । ‘घटनास्थलमा कम्तिमा तीनजनाको सब देखिएको छ । तर, पहिचान भएको छैन ।’ उनले भने ।

घटनाका प्रत्यक्षदर्शी यात्रुले ४ जनाको मृत्यु भएको बताएका छन् । तर १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले भने बसका चालक सहित ३ जनाको मृत्यु भएको पुष्टि गरे ।

जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर अहिले ट्रक र बस अलग गराउँदै गरेको उनले बताए । दुर्घटनाबाट के कति मानिसको मृत्यु भएको हो अझै खुलिसकेको छैन । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार