२०८३ असार ७ गते , आईतबार

हावाहुरीले इलाममा टेलिकमको टावर लडायो

sajilo news
पार्थ मण्डल
२०७८ माघ २१ गते , शुक्रबार
हावाहुरीले इलाममा टेलिकमको टावर लडायो

इलाम । वर्षासँगै आएको हावाहुरीले  इलामको रोङ गाउँपालिका(४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए।

घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको उनले जनाए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ।

सम्बन्धित समाचार