२०८३ असार ७ गते , आईतबार
नहरमा डुबेर ३ वर्षीय बालक मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- ७ स्थित नहरमा डुबेर ३ वर्षीय बालक मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका- ७ बस्दै आएका मधुसूदन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् । त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई उनका आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको र बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।